आयोजना प्रभावित र वैदेशिक रोजगारीमा आईपीओ निष्कासन

105 Shares

काठमाडौं, २१ फागुन । इङवा हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्कासन गरेको हो भने १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुको लागि निष्कासन गरेको हो ।
जुन कम्पनीको जारी पुँजीको (६० करोड) १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबर भएका छन् ।
आईपीओमा ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउँपालिका ३, पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ र ३ का बासिन्दाले आवेदन दिन सक्ने छन् भने श्रम स्वीकृति लिएर विदेश गएका नेपालीले पनि आवेदन गर्न सक्ने छन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार