तराई टप संवाददाता
रौतहट, २२ वैशाख । लावालस्कर सहित सदनमा विश्वासको मत दिई सहयोग गर्न काँग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओली निराश भई फर्किएका छन् ।
देउवा निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभाको विशेष अधिवेशनमा मतको अपेक्षा गरे । तर एक दिन अधि नै प्रधानमन्त्रीलाई विश्वासको मतमा फेल गराउने निर्णय गरेकोमा काँग्रेसले सहयोग नगर्ने जवाफ दिए ।
प्रधानमन्त्री ओली संगै उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।
देउवा निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत उपस्थितिमा प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई दिई सहयोग गर्न आग्रह गरे ।
विश्वासको मतमा आफूले सहयोगको अपेक्षा गर्नुभयो तर हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं, हाम्रो पार्टीले आफनो धारणा सार्वजनिक गरिसकेको अवस्थामा सहयोग नगर्ने जवाफ दियौं सहमहामन्त्री प्रकाशशरण महतले बताए ।
महतको अनुसार काँग्रेस नेताहरुले कोरोना महामारीमा वेड, अक्सिजन नपाएर जनताहरु त्राहीमाम भईरहेका छन् त्यस तर्फ सरकारको ध्यानप पुग्न नसकेकोमा आलोचना गरे । प्रधामन्त्री ओलीले लोकतान्त्रिक मूल्य र मान्यतालाई रक्षा गर्न संगै लडेका दलको हैसियतमा सहकार्य गरी सहयोग गर्न अपेक्षा काँग्रेस संग गरे । भर्खरै संवैधानिक परिषद सम्बन्धि अध्यादेश ल्याउनुका साथै लुम्बिनी र गण्डकी प्रदेशमा भएको गतिविधि वारे प्रश्न काँग्रेस नेताहरुले प्रधानमन्त्री संग उठाएको त्यसअनुसार व्यवहारमा आउनु पर्यो ।
साथै विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीलाई सहयोग गर्न नसक्ने प्रष्ट काँग्रेस श्रोतबाट बुझिएको छ ।