पुरुष आफ्नै घरमा मृत फेला

   फाल्गुन २१, २०७९  
121 Shares

ललितपुर, २१ फागुन । ललितपुरमा १ पुरुष आफ्नै घरमा मृत फेला परेको छ ।
ललितपुर महानगरपालिका वडा नं.२४ धापाखेल सुभ एकता टोल बस्ने ४९ वर्षीय श्याम प्रसाद लावती आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बागबजार जुमकोट बस्ने ७४ वर्षीय चित्रमान खत्री सोही ठाउँ स्थित खेतमा मृत अवस्थामा फेला परेको नेपाल प्रहरीको प्रधान कार्यालयले जनाएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ र ८ स्थित कन्चन खोलामा सोही गाउँपालिका वडा नं.७ जोगदमार बस्ने १७ वर्षीय भीमबहादुर राना मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै