परिक्रमा टोली करुणामा विश्राम पश्चात विशौल आइपुगे

124 Shares

जनकपुर, २१ फागुन । मिथिला माध्यमिकी परिक्रमा भारतको करुणामा विश्राम गरी आइतबार विहान भारतको विशौल आइपुगेको छ ।
आज परिक्रमाका श्रद्धालुहरु १४ औं विश्रामस्थल विशौल आइपुगेको हो । सोमबार परिक्रमा यात्रुहरु जनकपुरधाम आइपुग्ने छन् ।
मंगलबार जनकपुरधाममा अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुने छन् । शनिबारदेखि नै २४ घण्टे परिक्रमा घुम्नेहरु सुरु गरेका थिए । २४ घण्टे परिक्रमाका यात्रीहर सामेबार जनकपुरधाममा १५ दिवसीय परिक्रमाका यात्रीहरुसँगै अन्तरगृह परिक्रमा गर्ने छन् ।
हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा हुँदै विशौल पुगेको छ । करुणामा रात्रि विश्राम गरेको परिक्रमा (आज) आइतबार विशौलमा रात्रि विश्राम गर्नेछ । त्यसपछि परिक्रमा विशौलबाट जनकपुरधाम आइपुग्ने छन् । जनकपुरधाम पुगेर जनकपुरधामको अन्तर गृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् ।

सम्बन्धित समाचार