सरस्वती माध्यमिक विद्यालयमा ३ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन

सर्लाही, २१ फागुन । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा ३ वर्षपछि विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
आइतबार भएको अविभावक भेलाले पुरुषोत्तम बडाल अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा नयाँ व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा अनिता चौधरी, मनोज साह, जयलाल सहनी, रीता चापागाई र सुनिता महतो रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक सीताराम दाहाल सदस्य सचिव, वडाध्यक्ष विश्वनाथ सहनी मलाह सदस्य र शिक्षक प्रतिनिधिका रुपमा किसुनदेव सिंह पनि सदस्य रहेका छन् ।
ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यको प्रमुख आतिथ्यतामा आयोजित भेलामा ईश्वरपुर १ का वडाध्यक्ष धमेन्द्र राय यादव, २ का वडाध्यक्ष सुरेन्द्रबहादुर कार्की, ३ का वडाध्यक्ष विश्वनाथ सहनी मलाह, नगरपालिकाको शिक्षा शाखाका प्रमुख हरि दाहाल लगायतको आतिथ्यता रहेको थियो ।