पिकअप र अटो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु

108 Shares

सर्लाही, २१ फागुन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा धनुषाको मिथिला नगरपालिका वडा नं. १०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो ।
लालबन्दीमा सामान्य उपचार गरी थप उपचारको लागि वीरगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएका छन् ।
शनिवार अपरान्ह ४ बजेतिर फूलजोर चोकबाट पाँच किलोमिटर पूर्वतर्फ पश्चिमबाट आइरहेको बागमती प्रदेश ०१–०२५ च ००७ नम्वरको पिकअप र विपरीत दिशाबाट गइरहेको प्रदेश २–०२–००१ ह ०३३३ नम्वरको अटो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाए ।
पिकअपका चालक धादिङको थाक्रे गाउँपालिका वडा नं. ११, का २३ वर्षीय सुनिल सुनुवार सामान्य घाइते भएका छन् । उनलाई लालबन्दीमा सामान्य उपचार पश्चात आइतबार बिहान प्रहरीले हिरासतमा लिइसकेको छ ।

सम्बन्धित समाचार