न्युगिनीले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट

   फाल्गुन २१, २०७९  
113 Shares

काठमाडौँ, २१ फागुन । आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीले घरेलु टोली यूएईलाई ९७ रनमा अल आउट गरेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा पीएनजीका बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले यूएईद्धारा ९८ रनको लक्ष्य पाएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो । यूएईको लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए ।
आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । पीएनजीका लागि राइलि हिरुकेले सर्वाधिक ५ विकेट हात पारे । लिग २ मा युएई ३० खेलमा ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै