join a zoom meeting using meeting id - join a zoom meeting using meeting id zoom ex software download speaker not working on zoom laptop - speaker not working on zoom laptop pcr testen bergen op zoom - pcr testen bergen op zoom zoom client msi download www.zoom free download zoom app extension

बाघको आक्रमणबाट रौतहटमा दुई जना घाईते

   १४ आश्विन २०७७, बुधबार ०५:५२  

अशोक पहाडी
रौतहट, १४ असोज । घाँस लिन जंगल जाँदा बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरका दुई जना व्यक्ति घाईते भएका छन् ।
चन्द्रपुर नगरपालिका वाड नं ६ रंगपुर साझेदारी वन क्षेत्रमा मंगलवार दिउसो घाँस लिन गएका दुई जना व्यक्ति साँझ अवेर सम्म घर नफर्किदा उनलाई खोजतलास गर्न गएका गाउँले माथि बाघले आक्रमण गरेका थिए । चन्द्रपुर ६ का २७ बर्षिय संगम भण्डारी दिउसो घांस लिन उक्त जंगलमा गएको र साँझ अबेर सम्म घर नफर्केर फर्केपछि भण्डारीलाई खोज्न हिजो साझ ७ बजेको समयमा जंगल गएका गाउलेहरु माथि बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हुन् ।
चन्द्रपुर ६ का ३० बर्षिय अशोक थापा र ३४ बर्षिय प्रबिण श्रेष्ठ बाघको आक्रमणमा परेर घाईते भएको तथा उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखी नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर व्यापक खोज तलास भईरहेको समेत उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै