रुसी सेनाद्वारा युक्रेनी सेनालाई खेदन प्रयास

   फाल्गुन २१, २०७९  
109 Shares

बाखमुट, २१ फागुन । रुसी सेना र रुसको तर्फबाट युद्धमा सामेल निजी सैनिक व्याग्नर समूह बाखमुटबाट युक्रेनी सेनालाई खेदन प्रयास गरिरहेको छ ।
युक्रेनी सहरका उपमेयर अलेक्सान्डरले लडाईं सहरको गल्लीसम्म पुगेको तर हालसम्म रुसले सो सहर पूर्णरुपमा कब्जा गर्न नसकेको जानकारी दिएको हो ।
बाखमुटमा रहेका ४ हजार सर्वसाधारण हाल क्याम्पहरूमा बसिरहेका छन् । उनीहरुसँग ग्यास, बिजुली र पानीको अभाव रहेको छ । उपमेयरका अनुसार सहरका हरेक भवनमा रुसी सेनाहरूले आक्रमण गरेका छन् । ‘पूरै सहर लगभग ध्वस्त भएको छ,’ उनले भने ।
बेलायती गुप्तचर संस्थाले हालसम्म युक्रेनी सेना डटेर रुसी आक्रमणको सामना गरिरहेका छन् । उनीहरू आफ्नो चौकीमा तैनाथ रहेका छन् । युक्रेनी सेनाका प्रवक्ता सरही चेरेवातीले आफूहरूले कठिन अवस्थामा रुसी सैनिकलाई रोकिराखेको बताएका छन् ।
हरेक दिन रुसी सेनाको मद्दत गरिरहेको व्याग्नर समूहले हाम्रो चौकीमाथि हमला गरिरहेका छन् । दिनमा ३० या ५० पटकसम्म हामीमाथि आक्रमण हुने गरेको छ । तर पनि हाम्रा सैनिक डटिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै