कोरोनाबाट रौतहटमा ३ महिला सहित ९ जनाको मृत्यु, सचेत बन्न स्थानीय प्रशासनको आग्रह

तराई टप संवाददाता
रौतहट, २३ वैशाख । कोरोना संक्रमणको दोश्रो लहर सुरु भएपछि विहिवार सम्म रौतहट जिल्लामा ९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले उपलब्ध गराएको तथ्याँक अनुसार वैशाख १३ देखि २३ गते सम्म ३ महिला र ६ जना पुरुष गरी ९ जनाको कोरोना संक्रमित भई उपचारको क्रममा मृत्यु भईसकेको पुष्टि गरिएको हो ।
गौर नपा २ का ७० बर्षिय पुरुषको गौर अस्पतालमा मृत्यु भएको छ भने दुर्गा भगवती गाउँपालिका ५ का ५५ बर्षिय यमुनामाईको शुकदेव चोकमा रहेको निजी अस्पताल शिवदर्शनमा मत्यु भएको रौतहटको प्रहरी प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठद्धारा हस्ताक्षरित तथ्यकाँकमा उल्लेख गरिएको छ ।
माधवनारायण नपा ७ फुलवरियाका ५० बर्षिया महिला वैशाख १५ गते, गढीमाई नपा ३ पर्साका ५० बर्षिय पुरुष वैशाख २२ गते, कटहरिया नपा ६ फतेपुरकी ६० बर्षिय महिला वैशाख २२ गते, फतुवा विजयपुर नपा ८ का ७० बर्षिय पुरुष र गौर नपा १ का ५४ बर्षिय चन्द्रीका प्रसाद साह कानुको आज उपचारको क्रममा नारायणी क्षेत्रिय अस्पताल विरगंजमा मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
यसैगरी गढीमाई ४ सुन्दरपुरका ३६ बर्षिय पुरुषको वैशाख २२ गते नेशनल मेडिकल कलेज विरगंजमा, दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका ५४ बर्षिय महिलाको मेडिकल कोरोना अस्पताल वावा होटेल विरगंजमा हिजो राति मृत्यु भएको बताउदै डिएसपी श्रेष्ठले विभिन्न रोगबाट सिकिस्त भई उपचारको लागि विरगंज गइएको तथा त्यहाँ कोरोना जाँच हुँदा रिपोर्ट पोजेटिभ आएको हुँदा उपचार गर्दा गर्दै उनीहरुको मृत्यु भएको स्पष्ट पारे ।
अहिले सम्म रौतहटमा कारोना संक्रमित भई मर्नेहरुको संख्या ९ पुगेको छ भने विहिवार ५६ जना गरी हाल सम्मको संक्रमित संख्या २४५ रहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । वैशाख २४ गते राति १२ बजेपछि रौतहटमा ठूला, मझौला, साना सवारी साधनहरु बन्द गर्नुका सार्थ होटेल रेष्टुरेन्टहरु अर्को सुचना नजारी गरुनजेल सम्मका लागि बन्द गरिने स्पष्ट पारे । अन्य बजार क्षेत्र खुला भएपनि समाजिक दुरी कायम गरेर मात्रै सावधानी पुर्वक किनमेल गर्न आम जनसमुदाय संग आग्रह गरे ।