वृन्दावनका मेयर सहितको जनप्रतिनिधि र संचारकर्मीहरु विच होली मिलन

139 Shares

रौतहट, २२ फागुन । वृन्दावन गनरप्रमुख विनोद प्रसाद कुर्मी सहितका जनप्रतिनिधिहरुले संचारकर्मीहरु संग होली मिलन समारोह कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाएका छन् ।
नगरप्रमुख कुर्मीद्धारा वृन्दावन नगरपालिकाको हर्षाहामा सोमवार आयोजित कार्यक्रम आयोजना गरिएका थिए ।
होली मिलन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख कुर्मीले आफू निर्वाचित भए देखि नै मलाई असफल बनाउन विभिन्न जालझेल रच्दै नगरको विकास निर्माण प्रर्भािवत गराउन अवरोध खडा गर्दै आएकोमा तिनीहरुलाई पनि यस होली पर्वले मानसपटल परिवर्तन भई विकास निर्माणको कार्यमा हातेमालो गरेर अघि बढ्न प्रार्थना गरे ।
आसुरी शक्तिहरु माथि दैवी शक्तिको विजय प्राप्त भएको दिनको सम्झनामा मनाइएन होली पर्व पछि आम मानिसको जनजीवनमा परिवर्तन आई सुखी र समृद्ध बन्न इश्वर संग आग्रह गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रभातकुमार झाले वृन्दावन नगरपालिकामा नयाँ मेयर आएपछि देखिएका चुनौतीहरुलाई समाधान गरेर सबै संग सदभाव बनाएर नगरलाई सुखी र समृद्धिको पाटोमा अघि बढ्न नगरका जिम्मेवर पदाधिकारी सहित विपक्षी दलका नेताहरुलाई प्रदान होस भने कामना गरे । साथै सभ्य एवं भव्य रुपमा संयमित भएर होली पर्व मनाउन आग्रह गरे ।
सो कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, संचारर्मीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार