कोभिडको समयमा आइपरेको जिम्मेवारीलाई पूर्ण इमान्दारीका साथ निर्वाह गर्न नेपाल प्रहरी सक्षम रहेको ः रौतहट एसपी शाहको दाबी

1165 Shares

तराई टप डेष्क
रौतहट, २३ वैशाख । कोभिड १९ को दोश्रो लहर संगै नेपाल प्रहरी माथि कोरोना रोकथाम, सिमाको निगरानी र शान्तिसुरक्षा सहितको कार्यहरु जिम्मेवारी पूर्वक निर्वाह गरिरहेको रौतहट प्रहरीको एसपी सिद्धिविक्रम शाहले बताए ।
विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोभिड १९ को दोश्रो भेरियन्ट संगै नेपाल प्रहरी माथि आईपरेको चुनौतीहरुलाई पूर्ण इमान्दारीपूर्वक, जिम्मेवार भई, अहोरात्री कोरोना नियन्त्रण गर्नमा सर्वसाधारण जनताहरुलाई सचेत गराउदै अहोरात्री खटिरहेको प्रहरी अधिकृत देखि प्रहरी जवान प्रति कार्य अति नै सकारात्क रहेको बताउनु भएको हो ।
छिमेकी मुलुक भारतमा कोभिड रुपी सुनामी आएको अवस्थामा भारतको विभिन्न राज्यमा रोजगारीको शिलशिलामा रहेका नेपाली नागरिकहरु त्यहाँबाट स्वदेश फर्किदा सिमामै रोेकेर त्यहाँ स्थित हेल्थ डेष्क सम्म पुर्याएर एन्टजोन टेष्ट गराएर उनीहरुको रेकर्ड संकलन जस्ता जोखिममा कार्यको साथै सिमा वारीपारीबाट हुने अवाञ्छित कार्य माथि निर्भिकताको साथ डिउटी निर्वाह गरिरहेको बताए ।
त्यती मात्रै नभई सदरमुकाम गौर सहित जिल्लाको विभिन्न स्थानहरुमा विहानै देखि मास्क नलगाएको व्यक्तिहरुलाई होल्ड गरेर मास्क वितरण गर्नुका साथै जरिवाना समेत गर्दै आएको कोरोना महामारीको आडमा अवाञ्छित अपराधिक कार्य माथि सुक्ष्म निगरानी राखेर त्यसलाई नियन्त्रणमा गरी अपराधिक व्यक्तिहरुलाई समात्ने कार्यमा इमान्दारीका साथ जिम्मेवारी पुरा गरिरहेको तराई टप संग कुरा गर्दै जानकारी दिए ।


एक जना प्रहरी सहायक निरीक्षक कोभिड पोजेटिभ भएपनि प्रहरी हरेक स्थानमा उपस्थित भएर शान्ति सुरक्षाको साथै नियमित गस्तीमा व्यस्त रहेतापनि आ आफनो चिन्ता नगरी जनताहरुलाई कोरोनाबाट सुरक्षित राख्न माइकिंग, प्रचार प्रसार, शान्तिसुरक्षाको कार्य मा तल्लिन रहेको भएपनि आइपर्ने जुनसुकै अवस्थामा प्रहरी हरेक स्थानमा उस्थित भई जनताको पिरमर्का बुझ्ने र त्यसलाई समाधान गर्ने तराई टप संगको कुराकानीमा एसपी शाहले स्पष्ट पारे ।
हामी जनताको सेवक हौं, नागरिकको जिउधनलाई सुरक्षित राख्ने अभियानमा सक्रिय रहेको हुँदा आम नागरिकबाट नेपाल प्रहरीलाई समयमै सुचना प्राप्त भएमा यो भन्दा चाँडै समस्याहरु समाधान गर्न रौतहट प्रहरी सक्षम रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार