नेपालले युएईलाई ४२ रनले पराजित गर्दै एकदिवसिय क्रिकेटको मान्यता पाउने आशा जिवितै राखेका छन्

189 Shares

दुबई, २२ फागुन । आइसीसी क्रिकेट वल्ड कप लिग टु मा नेपालले युएईलाई ४२ रनले पराजित गर्दै एकदिवसिय क्रिकेटको मान्यता पाउने आशा जिवितै राखेका छन् ।

यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए । तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।
व्यक्तिगत ५० रनमा खेलिरहेका लाक्रालाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लू धरापमा पारे । तर आसिफले भृत्य अरभिन्दसँग २८ र सी रिजवानसँग २४ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले ।
४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए ।
तर ४२ औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।
४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो र नेपाल ४२ रनबाट युएई माथि शानदार जित निकाल्न सफल भयो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३÷३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो ।
यसअघि दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

सम्बन्धित समाचार