राजपुर नगरपालिकामा अबैध मदिरा भठीमा प्रहरीको छापा, साढे तिन हजार लिटर मदिरा नष्ट

156 Shares

रौतहट, २३ फागुन । रौतहटको राजपुर नगरपालिकामा अबैध रुपमा संचालनमा रहेका घरेलु मदिरा भठिमा प्रहरीले छापा मारेर करिव साढे तिन हजार लिटर मदिरा बरामद गरेर नष्ट गरेका छन् ।
विशेष सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटि गएको प्रहरी टोलीले राजपुर नगरपालिका वडा नम्वर १ स्थित अबैध मदिरा भठीमा छापा मारेर ३ हजार तयारी मदिरा र ५ सय लिटर कच्चा मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका हुन् ।
बरामद गरी स्थानीय भद्रभलादमी, वुद्धिजिवी, समाजसेवी तथा पत्रकारहरुको उपस्थितीमा रक्सी भट्टी फुटाई नष्ट गरिएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

सम्बन्धित समाचार