मलद्धार भएर रक्सीको बोतल छिराएको आरोपमा समिम पक्राउ, अन्यको खोजीकार्य जारी

165 Shares

रौतहट, २५ फागुन । रक्सी खुवाएर मलद्धारको माध्यमबाट रक्सीको बोटल छिराएको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरी आवश्वयक अनुसन्धान अघि बढाएको छ ।
गुजरा नगरपालिका घर भई चन्द्रपुर नगरपालिकाको बालचनपुर चोकमा मोटरसाइकलको वर्कसप संचालन गरेका शेख समिमलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको हो ।
गुजरा नगरपालिका वडा नम्वर ९ का २६ बर्षिय नुर्साद मन्सुरीलाई गत साता अत्याधिक रक्सी खुवाएर वेहोस पारी मलद्वार भएर ८८४८ भोड्काको हाफ बोटल छिराएका थिए । युवक मन्सुरीलाई अत्याधिक पेट दुख्न थालेपछि उपचारको लागि चिकित्सकमा जाँदा अल्ट्रासाउण्ड गर्दा युवकको पेटभित्र सग्लो रक्सीको बोतल रहेको कुरा सार्वजनिक भए ।
रौतहटको चन्द्रपुर स्थित चन्द्रपुर अस्पताल प्रालीमा अल्ट्रासाउण्ड गर्दा चिकित्सक पनि अचम्मित भए, पेट भित्र रक्सीको बोटल रहेको पुष्टि भएपछि त्यसलाई झिक्न भरतपुर मेडिकल कलेजमा गत फागुन २० गते शैल्यक्रिया गरेर उक्त रक्सीको बोतल बाहिर निकालिएको थियो । करिव साढे २ घण्टाको शल्यक्रिया पछि बोतल बाहिर निकाल्न सफल भएको बताइएको छ । बोतलको टुप्पो आन्द्रा फुटालेर बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
अहिले विरामीको अवस्था खतरामुक्त रहेको छ । पेटभित्र दिसा फैलिएर आन्द्राहरू सबै सुन्निइसकेको, बोतल बिर्को नभएको र बोटल भित्र केही दिसा र रगत पसेको डाक्टरले बताएका छन । बोतल मलद्वारबाट छिरेको तर मलद्वारमा क्षति नपुगेको पाइएको चिकित्सकले जानकारी दिएका छन् ।
कसरी युवक नुर्सादको पेट भित्र रक्सीको बोतल आयो भन्ने विषयमा प्रहरीले गहन अनसुन्धान गरिरहेको छ । सोही क्रममा नुर्सादको केही साथीलाई बोलाएर छानविन गरेको र समिम माथि शंका जाँदा निजलाई नियन्त्रणमा राखेर सोधपुछ जारी रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।
बिरामी नुर्सादका केही साथीहरू भने फरार भएको ले उनीहरुको खोजी कार्य जारी रहेको रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले बताए ।

सम्बन्धित समाचार