तेश्रो राष्ट्रपतिको लागि मतगणना सुरु

   फाल्गुन २५, २०७९  
117 Shares

काठमाडौं, २५ फागुन । नेपालको नयाँ राष्ट्रपतिको लागि विहिवार सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ ।
मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणना पछि आज नै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा ३१३ संघिय सांसद र ५१८ गरी ८३१ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३१३ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् ।
तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । पूर्व सभामुख समेत रहेका पौडेल कांग्रेस सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार रहेका हुन् ।
नेपालको तेश्रो राष्ट्रपतिमा नेपाली काँग्रेसका सन्त नेता रामचन्द्र पौडेल निर्वाचित हुने लगभग पक्का पक्कि भइसकेको भएपनि औपचारिक घोषणा नभए सम्म अनुमान मात्रै लगाउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै