होलीको मौका छोपी पुरानो रिसिइवी साध्न रौतहटमा दुई जनाको हत्या

252 Shares

रौतहट, २५ फागुन । होली पर्वको मौका छोपी पुरानो रिसिइवी साध्ने क्रममा झै झगडा हुँदा रौतहटमा दुई जनाको मृत्यु भएको छ ।
रौतहटको मौलापुर नगरपालिकाको पथरा बुधराम गाउँमा होलीको मौका छोपी पुरानो रिसिइवी साध्ने क्रममा मदिरा सेवन गरेर सामान्य बाद विवाद हुँदा चाँकु प्रहारबाट सोही गाउँका ४१ बर्षिय नरेश महतोको मृत्यु भएको बताइएको हो ।
स्थानीय संजय महतो र नरेश विच सामान्य झै झगडा हुँदा चाकु प्रहारबाट गम्भीर घाइते भएका नरेशको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारको लागि विरगंज लग्ने क्रममा मृत्यु भएको जनाइएको छ । होलीको अवसरमा रातिको कुरालाई लिएर बुधवार विहान नरेशको छातिमा संजयले चाँकु प्रहार गरेको पिडित पक्षले जनाएको छ ।
उक्त घटनामा संलग्न रहेका संजय महतो सहित ५ जानालाई मौलापुर ईलाका प्रहरीले पक्राउ गरेका छन् ।
यसैगरी राजदेवी नगरपालिका वडा नम्वर १ पथरा भगवती टोलका २३ बर्षिय गजिन्दर दासको विहिवार दिउसो ३ बजेको समयमा मृत्यु भएको छ । हिजो राति व्यक्तिगत रिसिइवीको कारण कुटपिट भएको स्थानीयले बताए ।
दुबै घटनाको सम्बन्धमा प्रहरीले गहन अनुसन्धान गरिरहेको जानकारी रौतहट प्रहरीका एसपी विरबहादुर बुढा मगरले दिए ।

सम्बन्धित समाचार