is zoom free to download zoom conference app download why aren't my meetings showing up in zoom download zoom on windows 10 zoom app for pc system requirements

रौतहटमा थप ४८ जना संक्रमित, कोभिडबाट मर्नेको संख्या १४ पुगे

   २५ बैशाख २०७८, शनिबार १९:११  

तराई टप संवाददाता
रौतहट, २५ वैशाख । रौतहट जिल्लामा शनिबार थप ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ भने तिन जना कोरोना संक्रमित विरामीको मृत्यु भएका छन् ।
गौर अस्पतालको पिसिआर ल्यावमा १०० जनाले परिक्षण गराएको मध्ये ४८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । ४१ जना पिसिआर पद्धतीबाट र ७ जना एन्टिजेन पद्धतीबाट गरी ४८ जना कोरोना पोजेटिभ पुष्टि भएको गौर अस्पतालले जनाएका हुन् ।
वैशाखको १ गते देखि २५ गतेसम्म सक्रिय कोरोना संक्रमित विरामीको संख्या २९२ रहेको छ भने आज थप ३ जनाको मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले जानकारी दिए ।
आज गरिएको परिक्षणको रिपोर्ट अनुसार गौरमा ८, चन्द्रपुर ३, गरुडा ४, राजपुर ४, इशनाथ १, परोहा ५, मौलापुर १, कटहरिया २, पतपुवा विजयपुर १, देवाही गोनाही १, बृन्दावन १, गढीमाइ ४, दुर्गा भगवती १, तथा अन्य जिल्लाको २ जना गरी ४८ जना संक्रमित भएको प्रजिअ यादवले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै