दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन २६ र २७ गते आयोजना

   फाल्गुन २६, २०७९  
89 Shares

काठमाडौं, २६ फागुन । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौंमा आयोजना गरिने भएको छ ।
नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न लागेको हो ।
सम्मेलनमा अर्थतन्त्रको समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाए ।
२ दिने सम्मेलनलाई पहिलो दिन उदघाटनसत्र र दोस्रो दिन प्राविधिकसत्र गरी विभाजन गरिएको आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको उद्घाटन गर्ने छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ । पहिलो दिनको उदघाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै