काठमाडौं, २६ फागुन । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ ।
शुक्रवार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले २८ गते पत्रकार सम्मेलन गर्ने र ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जानकारी दिएको हो ।
उनका अनुसार अन्तर्क्रिरया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएका छन् ।
नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन मार्फत् भनिने बताए ।
अन्तक्र्रिरयामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुने छन् ।