नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता

118 Shares

काठमाडौं, २६ फागुन । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ ।
सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाए ।
सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए ।
सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

सम्बन्धित समाचार