तनहुँ, २६ । तनहुँको व्यास नगरपालिकाले कृषकहरुलाई उन्नत जातको मेट्रिक टन मकैको बीउ वितरण गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका १४ वटा वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको छ ।
कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए ।
प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकहरुलाई माग गरेको आधारमा बीउ उपलब्ध गराएको उनले बताए ।
उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु १३० देखि रु १५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उनको भनाइ छ ।
व्यास नगरपालिकाले यसअघि १४ वटा वडाका कृषकलाई २२ मेट्रिक टन आलुको बीउ वितरण गरेको थियो । यसैगरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई मौरीका घारसमेत वितरण गर्न लागेको छ ।