अन टेष्ट टिपरको ठक्करबाट साइकल यात्री रामको मृत्यु

   २५ बैशाख २०७८, शनिबार १९:१२  

तराई टप संवाददाता
रौतहट, २५ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिकाको लमहा जंगलमा टिपरले शनिवार साइकल सवार व्यक्तिलाई ठक्कर दिदा निजको घटनास्थलमै ज्यान गएको छ ।
चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ पुर्व पश्चिम राजमार्गको लमाहा जंगलमा पहिलो पुल नजिकै अनटेष्ट टिपरले ठक्कर दिदा बृन्दावन नगरपालिकाको वडा नम्बर ७ हर्षाहका बर्ष ३५ का साइकल यात्री दिलकिशोर रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको हो ।
पश्चिमबाट पुर्व तर्फ आउदै गरेको अन टेष्ट खालि टिफरले बिपरित दिशा तर्फ जादै गरेको साईकल यात्रि रामलाई ठक्कर दिदा रामको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले बताए ।
मृतक रामको शव मुचुल्का गरी पोष्टमार्टमका लागि चन्द्रपुर स्थित सरकारी अस्पतालमा पठाइएको उनले भने । ठक्कर दिने टिपर फरार भएको र तत्काल खोजतलास गर्दा प्रहरी चौकी पौराई रौतहटले टिफर सहित चालक सल्यान शारदा नगरपालिका वडा नम्बर ७ का बर्ष २८ का बिष्णु बुढाथोकिलाई नियन्त्रणमा लिई थप अनुसन्धानको भईरहेको डिएसपी लामिछानेले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै