रौतहट, २६ फागुन । आक्रमण पछि असुरक्षाको कारण तीन साता देखि विद्युत प्राधिकरणको मौलापुर वितरण केन्द्रमा कर्मचारी बसेका छैन् ।
मौलापुर नगरपालिका स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रमा कार्यरत स्थायी कर्मचारीहरुले असुरक्षाको कारण तीन साता देखि कार्यालय छाडेका हुन् ।
गत फागुन ५ गते वितरण केन्द्रका सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट र दुर्वयवहार गर्न ेमाथि प्रहरीले कारबाही नगरेको भन्दै स्थायी कर्मचारीहरुले कार्यालय छाडेका छन् ।
कर्मचारी नहुँदा अहिले विद्युत मिटर जडान, बक्यौता रकम संकलन, चुहावट नियन्त्रण जस्ता कार्य रोकिएपछि उपभोक्ता मर्कामा परेका छन ।
फागुन ५ गते मौलापुर नगरपालिका द्धारा मौलापुर ५ पतौरामा आयोजित मधानी महोत्सवका लागि अवैध रुपले विद्युत लाइन जडान गर्न दवाव दिदै कर्मचारी माथी कुटपिट गरेको कर्पचारीहरुको गुनासो छ ।
वितरण केन्द्रका प्रमुख अरुणकुमार साहसहित २४ जना कर्मचारीहरु कार्यालय राखेर मेलामा पुरयाएको भन्दै उनीहरुलाई कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएपनि दर्ता र कारवाही नभएको भन्दै सबै कर्मचारीहरुले असुरक्षाको कारण देखाउँदै कार्यालय छाडेका हुन् ।