zoom meetings free download zoom app. download zoom app download free install free zoom app for windows 8 zoom aplikace download

मुनाफाखोरको गोदाममा प्रहरीको छापा, ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा

   २५ बैशाख २०७८, शनिबार १९:३५  

तराई टप संवाददाता
रौतहट, २५ वैशाख । रौतहट प्रहरीले शनिवार जिल्लाको विभिन्न स्थानमा छापा मारेर ४३ वटा अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ ।
कोभिड १९ को महामारीको समयमा स्टक गरेर बढि मुनाफा लिने उद्देश्यबाट भण्डारण गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयमा प्राप्त हुनासाथ प्रहरीको विशेष युनिटले गौर, गरुडा र चन्द्रपुरमा आज छापा मारेर ४३ वटा विभिन्न साइजको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।
७ किलो तौल भएको २८ वटा, १.५ किलो तौल भएको ३ वटा र खाली अक्सिजन सिलिण्डर ७ किलो तौलको १२ वटा गरी ४३ थान अक्सिजन सिलिण्डर बरामद गर्न सफल भएको बताउदै एसपी शाहले स्वास्थ्य प्रयोजनमा प्रयोग गर्ने गराउने तर्फ आवश्यक कारवाही भईरहेको र स्टक गर्ने व्यक्तीहरु विरुद्ध आवश्यक कारवाहीको लागि थप अनुसन्धान जारी रहेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै