महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षको लागि उखु क्रसिङ बन्द

114 Shares

सर्लाही, २६ फागुन । सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यो वर्षको लागि उखु क्रसिङ बन्द गरेको छ ।
किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यो वर्ष १० लाख ९५ हजार ३ सय क्विन्टल उखु क्रसिङ गरेको जनाएको हो ।
सीमावर्ती क्षेत्र नजिकै रहेको यो उद्योगमा सर्लाही जिल्लाको दक्षिणी भेग र सीमापारी भारतका किसानले समेत उखु ल्याएर बिक्री गरेका छन् ।
महालक्ष्मीले उखु ल्याएर दिएका किसानलाई क्रमिकरुपमा भुक्तानी गरिरहेको दावी गरेको छ । स्थानीय शिवशङ्कर महतोले उखु नपाएपछि सूचना निकालेर मिल बन्द भएको र किसानले सूची अनुसार भुक्तानी पाइरहेका बताए ।
किसानलाई ६० करोड रुपियाँ भुक्तानि समेत गरिसकेको प्रशासन प्रमुख नेपालले बताए । उखु नपाएर चिनी उद्योग धमाधम बन्द भए पनि जिल्लामा सख्खर बनाउने क्रसर उद्योग भने चलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार