निषेधाज्ञाको पहिलो दिन ९३ सवारी साधन कारवाहीमा, पहिलो दिन प्रहरी बढी आक्रमक देखिएको जनगुनासो

422 Shares

 

रौतहट, २५ वैशाख । कोरोना महामारीलाई नियन्त्रण गर्न उद्देश्यबाट शनिवार देखि लागु गरिएको निषेधाज्ञा उलंघर्न गर्नेहरु माथि कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले निशेधाज्ञा उल्लघंन गर्ने मोटरसाईकल ८६ वटा, पिकअप २ वटा, सोमो ३ वटा र वस २ गरेर ९३ वटा सवारी साधनहरु नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
इलाका प्रहरी कार्यालय गंगापिपरामा प्रहरीले विहानै देखि दुई, चार, तिन पाँग्रे सवारी साधानहरुलाई घण्टौ सम्म नियन्त्रणमा लिएका थिए । जन्तिबाट फर्किरहेकाहरुलाई विहान नियन्त्रण लिएर दिउसो साँझ छाडिएको कतिपयको सवारी साधन अझै इप्रकामा थन्किएको स्थानीय बासिन्दाहरुले गुनासो गरे ।
निषेधाज्ञाको पहिलो दिन जन्तिबाट फर्किएकाहरुलाई सम्झाएर छाड्नुपर्ने तर त्यसो नगरिएको तथा केही सर्वसाधारणहरु प्रहरीको भाटा समेत खाएको जनगुनासो तराई टपलाई प्राप्त भएको हुँदा कोभिड जस्तो महामारीबाट जनता आक्रान्त रहेको अवस्थामा प्रहरीले निषेधाज्ञा उलंघन गर्नेहरुलाई होल्ड गरेर जरिवाना गर्नुपर्ने स्थानमा घण्टौ राखेकोमा आपत्ती प्रकट गरेको आफनो नाम सार्वजनिक नगर्ने शर्तमा तराई टपलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार