काठमाडौँ, २८ फागुन । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाएर २४८ रन बनाएको हो ।
नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ७७ रनको अर्धशतकीय पारी खेले । ११२ बल खेलेका उनले ९ चौका प्रहार गरेका छन् ।
आरिफ शेखले ४३ रन बनाउँदा गुलशन झाले ३७ रनको योगदान गरे । नेपालको लागि दिपेन्द्र सिंह ऐरीले ३४ रन बनाउँदा भिम सार्कीले २९ रन जोड्न बाहेक अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोडन सकेन् ।
यूएईका लागि जाहोर फ्रिद, आयान खान र रोहन मुस्तफाले २÷२ विकेट लिए । त्यस्तै आर्यन लाकर, जुनेद सिद्धकी र जाहोर खानले १÷१ विकेट लिए ।
आजको खेलमा नेपाल जित निकाल्दै एक दिवसीय मान्यता जोगाउन सँगै सोझै विश्वकप छनोटमा स्थान बनाउने अवसरलाई सदुपयोग गर्न चाहन्छ ।