१० बर्षिया बालिका सहित थप ३ जनाको मृत्यु, कोभिडबाट मर्नेको संख्या रौतहटमा १७

   २६ बैशाख २०७८, आईतवार १७:३१  

तराई टप संवाददाता
रौतहट, २६ वैशाख । कोराना संक्रमित भएर गौर अस्पतालमा उपचार गराइरहेकी १० बर्षिया बालिका सहित ३ जनाको आईतवार मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या रौतहटमा १७ पुगेका छन् ।
गौर नगरपालिका वडा नम्वर ५ बस्ने १० बर्षिया बालिका कोरोनाबाट सिकिस्त भई गौर अस्पतालमा रहेको कोभिड वार्डमा दुई दिन देखि उपचार गरारहेकी बालिकाको आज विहान मृत्यु भएको गौर अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहले बताएका हुन् । यस्तै तत्कालिन गाविस सचिव तथा गौर नपा ३ का ६६ बर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको उनले जानकारी दिए । कोभिड अस्पताल विरगंजमा उपचार गराइरहेकी रौतहट कटहरिया नपा घर भई कामको शिलशिलामा विरगंजमा बस्दै आएकी १ महिलाको आज मृत्यु भएको छ ।
कोरोनाबाट संक्रमित भई मर्नेहरुको संख्या रौतहटमा १७ पुगेको छ । गौर अस्पताल सहित जिल्लामा उपचारको क्रममा ७ जना र विरगंजको विभिन्न कोभिड अस्पतालमा १० जना गरी १७ जनाको मृत्यु भईसकेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोभिडबाट बच्नका लागि अधित्तम समय घरभित्र रहन जिल्ला बासी समक्ष पटक पटक आग्रह एवं अपिल गर्दै २४ गते मध्य राति देखि निषेधाज्ञा रौतहटमा लगाइएको हँुदा त्यसलाई उलंघन नगर्न जनहितमा सुचित गरिएको स्पष्ट पारे ।

आईतवार ५९ जना कोरोना संक्रमित, सचेत भई घरमै बसौं निषेधाज्ञाको उलंघन नगरौं

आईतवार गौर अस्पतालमा रहेको पिसिआर ल्यावमा ११३ जनाको परिक्षण गर्दा ५९ जना कोभिड पोजेटिभ भएको छ । पिसिआरबाट ४८ र एन्टीजेनबाट ११ जना संक्रमित भएको रिपोर्ट जिल्ला कोभिड संकट नियन्त्रण समितिलाई प्राप्त भएको जानकारी प्रमुख जिल्ला अधिकारी यादवले दिए ।
गौरमा १९, परोहा २२, गरुडा ५, राजदेवी २, इशनाथ २, गढीमाई २, दुर्गा भगवती २, देवाही गोनाही १, माधवनारायण १, फतुवा विजयपुर १, राजपुर १ र हेटौडा मकवानपुरको १ जना गरी ५९ जना आज कोरोना संक्रमित भएको बताइएको छ । सचेत बनौ, घरमै बसौं कोरोना विरुद्ध घरमै बसेर लडौं, बाहिर निस्किएमा कोरोना महामारीले च्यापेमा भगवान भरोसे बाँच्नु भन्दा राम्रो घरमै घरपरिवार संग घुलीमिली बचौं र महामारी नियन्त्रणमा स्थानीय प्रशासनलाई सघाउ पुर्याऔं तराई टपले नेपाली नागरिक संग आग्रह गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै