सलाही, २८ फागुन । सर्लाहीको एक युवा भारतमा मजदुरीको लागि पुगेको एक युवकको हत्या भएको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका वडा नं. १२ का ४० वर्षीय रोजा बैठाको भारतीय युवकले कुटपीट गरी हत्या गरेको हो ।
विगत ४ महिनादेखि साथीहरु सँगै भारतको पञ्जाबमा बसेर मजदुरी गर्दै आएका रोजा बैठाको त्यहीँ हत्या भएको परिवारका सदस्यले बताए ।
फागुन २४ गते साँझ बैठामाथि भारतको बिहार राज्य सितामढी जिल्ला मेजरगञ्ज थाना बैहरा ग्राम बस्ने ३५ वर्षीय महेश माझीले दाउराले प्रहार गरेर गम्भीर घाइते बनाएका थिए ।
स्थानीय अस्पतालमा उपचार पश्चात औषधि खाएर कोठामा बसिरहेको रोजा बैठाको फागुन २५ गते बिहान ४ बजेतिर मृत्यु भएको हो ।
मृतक बैठाको शव गएसाँझ पञ्जाबबाट गोडैता स्थित घर ल्याइएको छ । घटनाबारे जानकारी प्राप्त भए पस्चात प्रहरी टोली पठाएर मृतकको शवलाई प्रादेशिक अस्पताल मलङ्गवा ल्याइ पोष्टमार्टम गरेर आइतवार बिहान परिवारलाई बुझाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डीएसपी कैलाश राईले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन