सर्लाही, २८ फागुन । सर्लाहीको हरिपुरमा नेपाल स्काउट र हरिपुर नगरपालिकाको आयोजनामा ५२१ बिटिसि तथा ३८० पिटिसि तालिम सुरु भएको छ ।
हरिपुर ७ स्थित चितायन खेल मैदानमा ६ दिन सम्म संचालन हुने आधारभूत प्रशिक्षणमा जिल्लाका विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीको सहभागीता रहने बताइएको हो ।
प्रशिक्षणको हरिपुर नगरपालिका मेयर गोपाल पजियाले शुक्रबार बिहान उद्घाटन गरेका थिए । आधारभूत प्रशिक्षणमा ६४ जना प्रशिक्षार्थी सहभागी छन् ।
प्राकृतिक प्रकोप र जोखिममा परेकाको उद्धारका लागि ११ वर्ष देखि १६ वर्ष उमेरका विद्यार्थीका लागि यो तालिम प्रभावकारी हुने बताइएको छ ।
पुरुष राष्ट्रिय प्रशिक्षकमा कृष्ण ४०, महिला राष्ट्रिय प्रशिक्षकमा रतना देवी चावल, सहायक राष्ट्रिय प्रशिक्षक गंगा प्रसाद मैनाली, सहायक राष्ट्रिय प्रशिक्षकमा शिखर सिग्देल लगायतका प्रशिक्षकहरुले ६ दिनसम प्रशिक्षण प्रदान गर्ने छन् ।