फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित

84 Shares

पेरिस, २८ फागुन । राष्ट्रव्यापी विरोधका बाबजुद फ्रान्सेली सिनेटले पेन्सन सुधार विधेयक पारित गरेको छ ।
जनतामाझ अलोक प्रिय उक्त विधेयकको पक्षमा १ सय ९५ मत परेको थियो । विधेयकको विपक्षमा १ सय १२ जनाले मतदान गरेका थिए ।
विधेयकको मस्यौदालाई सदनको एउटा समितिले अन्तिम रूप दिएर अनुमोदनका निम्ति सिनेट र राष्ट्रियसभामा प्रस्तुत गर्ने हो ।
प्रस्तुत विधेयक पारित भएमा न्यूनतम सेवानिवृत्तिको उमेर ६४ वर्ष हुने छ । यसअघि ६२ वर्षमा कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था थियो । युवावस्थामा सेवा प्रवेश गरेका फ्रान्सेली नागरिकले उक्त विधेयकलाई अनुचित भनेका छन् ।
विधेयक पारित गर्न सरकारसँग संसदीय बहुमत भएकाले त्यसले कानुनी हैसियत पाउने विश्वास प्रधानमन्त्री एलिजाबेथ बोर्नले बताए ।
विधेयक पारित गर्न सदनमा आवश्यक बहुमत प्राप्त नभएमा संवैधानिक व्यवस्था अनुसार मतदान बिना नै कानुन बनाउने धारा ४९९३० प्रयोग हुनसक्ने छ । यद्यपि विवादास्पद उक्त धाराको प्रयोग विरलै हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार