सैनिक कारबाहीमा ३ जना प्यालेष्टिनी बन्दुकधारी मारिए

76 Shares

नाब्लस, २८ फागुन । आज यहाँ भएको सैनिक कारबाहीमा ३ जना प्यालेष्टिनी बन्दुकधारी मारिएको छ ।
नाब्लस नजिकैको उत्तरी वेस्ट बैंकमा इजरायली सैनिकमाथि गोली प्रहार गरेपछि भएको प्रतिकारमा ती प्यालेष्टिनी मारिएका इजरायली सेनाले जनाएको हो ।
३ जना बन्दुकधारीले सैनिक अधिकारीमाथि गोली प्रहार गरेपछि उनीहरूलाई निष्प्रभावी तुल्याउन जवाफी कारबाही गरिएको थियो । त्यसक्रममा ३ जना मारिएका तथा १ जना बन्दुकधारीले आत्मसमर्पण गरेको छ ।
गत वर्षदेखि इजरायल र प्यालेष्टाइनबीच पुनः द्वन्द्व चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुल दक्षिणपन्थी दलहरूको सहयोगमा गत डिसेम्बरमा सत्ता गठबन्धन गरेपछि वेस्ट बैंकको अवस्था ज्यादै खराब भएको छ । यो वर्षको प्रारम्भ देखि भड्किएको द्वन्द्वमा परी बालबालिका सहित ८१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार