काठमाडौं, २८ फागुन । माओवादी घटकहरुको आईतवार संघिय राजधानी काठमाडौंमा भएको पत्रकार सम्मेलन मार्फत वृहत शान्ति सम्झौता तथा द्वन्द्वकालीन घटनालाई लिएर प्रचण्डलाई नियतबस अदालतमा घसिट्न लगिएको निष्कर्ष निकालिएको छ ।
उक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई हतोत्साही बनाएर मानसिक रुपमा कमजोर बनाई काम गर्न नदिने नियतबाट द्वन्द्वकालीन घटनालाई अदालतमा लगिएको बताएको हो ।
यतिबेला प्रचण्डजी देशको कार्यकारी प्रमुखको रुपमा रहेको छ । देश अहिले स्थिरता तिर लम्कीदै अघि बढिरहेको हुँदा उनको आत्मविश्वास जागृत भइरहेको सन्दर्भमा उनलाई हयारासमेन्ट बनाउने विभिन्न षड्यन्त्रहरु भईरहदा यसले बढी चिन्तित बनाएको छ उनले भने ।
कार्यकारी प्रमुखलाई काम गर्न नदिने र नेपाली समाजलाई गुमराहमा राख्ने योजना अनुसार द्वन्द्वकालीन घटना उछालिएको साहले टिप्पणी गरे । ‘नेपाली समाजलाई फेरि गुमराहमा राखिराख्ने र नेपालमा केही गर्छु भन्नेहरुलाई निराश बनाउने योजना अुनसार यो काम भइरहेको छ’ उनले उक्त पत्रकार सम्मेलनमा भने ।
माओवादीको विभिन्न ९ घटकहरुद्धारा आजको पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन