काठमाडौं, २८ फागुन । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले विद्युतीय कारोवारलाई प्रबद्र्धन गर्ने उद्देश्यबाट सम्पूर्ण सामानको खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
मेट्रो सुपर मार्केटको पहिलो बार्षिकोत्सवको अवसरमा मेट्रो सुपर मार्केट संग सहकार्य गरी सम्पूर्ण सामानको खरिदमा १० प्रतिशत सम्म छुट अफर सार्वजनिक गरेको हो ।
छुट अफर अन्तर्गत ग्राहकहरुले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरेर स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १० प्रतिशत अर्थात एक सय प्रति कारोबार र अफर अबधि भरीमा तिन सय सम्मको छुट लिन सक्ने व्यवस्थापन मिलाइएका छन् ।
स्मार्ट क्युआरमा आवद्ध विभिन्न बैंक तथा वित्तिय संस्थाका ग्राहकहरुले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखाहरुमा क्यु आर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यो अफर अन्तर्गत मेट्रो सुपर मार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिने जानकारी स्मार्टच्वाइस् टेक्नोलोजिज लिमिटेडले जनाएको छ ।