अनाथ बाल बालिकाको सहारा “साना ब्यबसाय “

धर्मेन्द्रकुमार साह
मंजु कुमारी ठाकुर १५ बर्षको भईन l तर भर्खर कक्षा ४ मा अध्यनरत छिन् l उनि कटहरिया नगरपालिकाको भसेढवामा रहेको बिधालयमा पुनः बिधालय भर्ना भएकी हुन् l करिब दुई बर्ष पहिले बुवाको निधन पछि बिधालय छोडेकी उनि घरमा आमाले सानो ब्यबसाय संचालन गर्न थाले पछि फेरी बिधालय तर्फ जान थाले कि हुन् l अहिले मंजु कि आमा संगीता कुमारी ठाकुरले आफ्नै गाउमा सानो पसल संचालन गरे पछि मन्जुको बिधालयको दोस्रो यात्रा सहज बनेको हो l उनलाई इस्लामिक रिलिफ नेपाल र ग्रामिण बिकाश केन्द्रले सन्चालन गरेको बाल संरक्षण परियोजनाको क्रममा सानो ब्यबसाय संचालनको लागि सहयोग पाएका हुन् l परियोजनाले अनाथ बाल बालिकाको शैक्षिक सहयोग तथा आवश्यकतामा आधारित सहयोग दिदै आएकोमा मन्जुको बुवाको निधन पछि सो परिवारलाई सहयोग गरिएको हो l मन्जुको नियमित पठन पाठन भन्ने उनको बुवाको निधन भन्दा दुई बर्ष अघि देखिनै छुटेको थियो l

” मेरो बुवा सैलुनमा काम गर्नु हुन्थ्यो l उनि अत्याधिक मध्यपानअनि गर्ने भएकोले बिरामी भए पछि घरको आम्दानि रोकिन पुग्यो l बिरामी बुवा घरमा अनि आमा काम गर्न बाहिर जान थालेपछि पढाई छुटन थाल्यो l बिस्तारै बिधालायानै छोडेर घरमा बस्नु पर्ने भो l अहिले फेरी बिधालय जान्छु तर बिधालयमा पढ्न मन लाग्दैन l संगै पढेका साथीहरु ठुलो कक्षामा गइसक्यो,आफुलाई सानो बच्चाहरु संग बसेर पढ्न लाज लाग्छ ” मंजु बताउछिन l
यता बिधालयले भन्ने मंजु ढिला गरि बिधालय आउन थालेकोले चालु शैक्षिक बर्षमै केहि गर्न नसकिए पनि नया शैक्षिक बर्षमा उनको मुल्यांकन गरि कक्षा वृद्धि गर्ने बताउछन l अहिले मन्जुको आमा संगीता पसल संचालन गर्ने र पसलको आम्दानीले परिवार चलाउने तथा मंजुको पठन पाठनमा सहयोग पुग्ने गरेको छ l

गुजारा नगरपालिका वार्ड नम्बर ७ बस्ने अरुणा चौधरी कुन्ती आधारभूत बिधालयमा कक्षा ८ मा अध्यनरत छिन l तर उनको बिधालयको यात्रा पनि सहज रहेन l बिपन्न परिवारमा जन्मेकी अरुणा पनि अनाथ हुन् l उनको बुवा छैनन l एक्लै आमाले गर्ने गरेको श्रमले घर चलाउने गाह्रो भएको अवस्थामा अरुणाको बिधालय शिक्षा बाधित भएको थियो l उनि पनि मंजुकै जस्तो सहयोग पाए पछि बिधालय जान थालेका हुन् l अरुणा भन्छिन “सानो खाजा पसलले परिवारको धेरै जसो आवस्यकता पूर्ति गरेको छ l मेरो पढाइमा पनि आवस्यक सहयोग हुदै आएको छ l पसल संचालन हुदा पढाइको बेला बाहेक म पनि सहयोग गर्छु यसले मेरो सिकाईको स्तर पनि बढाएको छ ” l
१५ बर्षीय अनिशा कुमारी माझिको आमा बुवा दुवै छैन l उनि आफ्नो काका काकी संग बस्दै आएकी हुन् l अहिले अनिसा अहिले गाउकै मा वि कनकपुरमा कक्षा ४ मा पढ्दै छिन l उनको संरक्षककको रुपमा रहेका उनको काकी कस्मेटिकको सानो पसल संचालन गर्नु हुन्छ l तर आमा बुवा बिते पछि अनिशाको लागि बिधालयको ढोका बन्द हुने लाग्दा पाएको सानो कस्मेटिक व्यवसायले पढाईमा निरन्तरता दिएको अनिसा बताउछिन l ” काका काकीले माया त् गर्नु भएको थियो तर घरायसी काममा सहयोग गर्दै दिन जान थालेको थियो l बिपन्न काका काकीको लागि मलाई बिधालयमा टिकाई राख्न महत्वपुर्ण थिएन l तर जब पसल संचालनको लागि सहयोग प्राप्त भयो अनि मेरो बिधालय यात्रा सहज बनेको हो l ” अनिसाको काकीले पनि सोहि परियोजनाको क्रममा सहयोग पाएकी हुन् l
अनिशा माझीको जस्तै कथा छ ,बोज कुमारी भट्टराईको l उनि गुजारा नगरपालिकाको वार्ड नम्बर २ मैढामा बस्छन l उनकी आमा हिरा भट्टराईले ठेला ब्यबसाय संचालन गरेरे भोज कुमारीको पढाईलाई निरन्तरता दिएकि हुन् l हिरा भन्नुहुन्छ ” ठेला ब्यबसायबाट आएको आम्दानिले छोरीको पढाईलाई निरन्तरता दिएको छु l त्यो आम्दानीले छोरीको पढाई संगै जीवन यापन पनि सहज बनेको छ l मैले पाएको बित्तिय साक्षरता कक्शाहरुबाट पनि हिसाब किताब राख्ने सिकेको छु ,लेखाइ पढाइमा छोरीले पनि सहयोग गर्ने गरेको छ l ” अहिले हिराले दिनको ४ सय देखि ५ सय रुपैया सम्मको आम्दानि गरिरहेकी छिन l
यसरि रौतहट जिल्लामा संचालित बाल संरक्षण परियोजनाले जिल्लाको गुजारा र कटहरिया नगरपालिकाको सयौ अनाथ बालबालिकाको लागि सहारा बनेको छ l
