117
Shares
काठमाडौं, २९ फागुन । २३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेको छ ।
समयमा काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।
कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाए ।
२३ कम्पनीलाई कम्तिमा १ वर्षादेखि बढीमा ३ वर्षसम्मको लागि कालो सूचीमा राखिएको अनुगमन कार्यालयले जनाएका छन् ।
विकास निर्माण सेवा, विजनेस नेपाल कन्सल्टेन्सी, राष्ट्र सेवा निर्माण सेवालाई ३ वर्ष र बाँकीलाई २, साढे १÷१ वर्षको लागि कालो सूचीमा राखिएका हुन् ।