काठमाडौं, २९ फागुन । ‘छक्कापञ्जा ४’ दश करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको दोस्रो सप्ता हन्तसम्म फिल्मले साढे १० करोड ग्रस हाराहारीमा कमाइ गरेको हो ।
दीपकराज गिरी स्टारर पोलिटिकल र कमेडी ड्रामा यस वर्ष नेपाली बक्स अफिसमा २ अंकको कमाइ गर्ने चौथो फिल्म छन् ।
नेपाली फिल्म ‘कबड्डी ४’ र ‘महापुरुष’ सहित ‘अवतार द वे अफ वाटर’ र ‘पठान’ ले १० करोडभन्दा बढी कमाइसकेका हुन् ।
आइतबार सँगै अकुपेन्सीमा ड्रप भएपनि तेस्रो सप्ताहन्तमा फिल्मको कमाइमा अझै वृद्धि हुने प्रक्षेपण गर्न सकिन्छ ।
दोस्रो मात्रै फिल्मले डेढ करोडभन्दा बढी कमाइ गरेको थियो । वितरक मनोज राठीले फिल्मको कमाइ उत्साहजनक भएको बताउँदै आगामी सातापनि व्यापारमा वृद्धि हुने आँकलन गरे ।
अमेरिका र अष्ट्रेलियामा पनि आक्रामक ढंगले फिल्म चलिरहेको देखिन्छ । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, नीर शाहको शीर्ष भूमिका रहेको फिल्म राजनीतिक कथावस्तुमा आधारित छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन