काठमाडौं, २९ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अन्तिम शृखंलाकोे तेस्रो खेलमा नेपालले पपुवा न्यु गिनी विरुद्ध बलिङ गर्ने भएको छ ।
कीर्तिपुर स्थित टीयु अन्तर्राष्ट्रिय मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
आजको खेलमा नेपाली टोलीमा १ जना परिवर्तन गरिएको छ । आइतबार यूएईविरुद्ध खेलेका गुलशन झाको ठाउँमा आज करण केसी खेल्दै छन् ।
पीएनजी विरुद्धको आजको खेल र अन्तिम खेलमा यूएईलाई पराजित गरेर नेपाल ओडीआई क्वालिफायर खेल्ने लक्ष्यमा छ ।
३४ खेल खेलेको नेपाल ३६ अंकसहित शीर्ष चारमा छ । सबै खेल खेलिसकेर हाल तेस्रो स्थानमा रहेको नामिबियाको ३९ अंक छ ।
स्कटल्याण्ड र ओमान भने क्रमशः पहिलो र दोस्रो स्थान कायम गर्दै क्वालिफायरका लागि छनोट भइसकेका छन् ।
एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश
काठमाडौं, २९ फागुन । नेपाल एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।
प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटको समूह ‘बी’ अन्तर्गत आइतबार नर्दन मारियाना आइल्याण्डलाई पराजित गरेपछि नेपाल समूश विजेता बन्दै दोस्रो चरणमा पुगेको हो ।
अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा नेपालले नर्दन मारियाना आइल्याण्डलाई ६–० ले पराजित गरेको छ ।
नेपालको जितमा दिपा शाही र सारा बज्राचार्यले २÷२ गोल गरिन भने सरस्वती हमाल र जेनिफर रानाले समान एक गोल गरिन् ।
पहिलो हाफमै ५ गोल गरेको नेपालले दोस्रो हाफमा १ गोल मात्र गरेको थियो ।
जितपछि नेपालले समूह ‘बी’ दुवै खेल जितदै ६ अंक जोडदै अपराजित रहेर दोस्रो चरणमा पुगेको हो ।
छनोटको पहिलो चरणमा प्रतिस्पर्धामा रहेका ८ समूहको विजेता (८ टोली ) दोस्रो चरणमा प्रवेश गर्ने छन् । दोस्रो चरणमा ८ टिमलाई २ समूहमा विभाजन गरिनेछ । दुवै समूहको बाट उत्कृष्ट २÷२ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन