नर्स स्टाफलाई सेवाबाट हटाए

काठमाडौं, ३० फागुन । काठमाडौंको वीर अस्पतालले ५ जना नर्स स्टाफलाई सेवाबाट हटाएको छ ।
अस्पतालमा जानकारी नगराई बिदामा बसेको र सूचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पु¥याएर सेवाबाट हटाइएको हो ।
सेवाबाट हटाइनेमा पाँच तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् ।
अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, लम्साल ०७५ असार २२ गते, श्रेष्ठ ०७६ असोज १ गते, सिटौला ०७४ चैत १ गते र पुन ०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्क विहीन भएका थिए ।
पाँच जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा पनि हाजिर हुन नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ ।