रौतहट, १४ असोज । रौतहटको राष्ट्रिय वन अन्तर्गत पर्ने रंगपुर साझेदारी वनमा घाँस लिन गएका चन्द्रपुरका युवक संगम भण्डारीको शव बुधवार फेला परेको छ । भण्डारीको शवको आधा भाग बाघले खाएको अवस्थामा फेला परेका छन् ।
मंगलवार घाँस लिन गएका चन्द्रपुर नपा ६ २७ बर्षिय भण्डारी मंगलवार रंगपुर साझेदारी बनमा घास लिन गएका थिए साझ अबेर सम्म घर नफर्किदा उनको खोजतलासमा गएका स्थानीय गाउँलेहरु माथि बाघले आक्रमण गर्दा २ जना युवक घाईते भएको थियो । बाघले आक्रमण गरेपछि हिजो राति खोलतलासको कम बन्द गरेर घाईते दुवै जनालाई चन्द्रपुर अस्पतालमा उपचारको लागि ल्याइएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाए ।
बुधवार विहानै देखि युवक भण्डारीको खोजतलास गर्दै जाँदा लमहा जंगलको ४ किलोमिटर दक्षिणमा तिलधारे धाराको जंगलमा बाघले आधा शरिर खाएर छाडेको अवस्थामा शब फेला परेको डिएसपी हेमवहादुर शाहीले जानकारी दिए ।
युवक भण्डारीको खोजतलास गर्न हिजो साँझ ७ बजेको समयमा रंगपुर साझेदारी वनमा खोजतलास गर्न जाँदा चन्द्रपुर नपा ६ का ३० बर्षिय अशोक थापाको हातमा र ३४ बर्षिय प्रबिण श्रेष्ठ कानमा बाघले आक्रमणमा गरेर घाईते बनाएपछि तथा उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी भईरहेको समेत डिएसपी शाहीले बताए । घाईतेहरुको अवस्थाम खतरामुक्त रहेको उनीहरुको चन्द्रपुर अस्पताल प्रालीमा उपचार गराएर आज घर फर्किएको उनले बताए ।
डिएसपी शाहीका अनुसार युवक भण्डारीलाई खोज्दै जाँदा बाघले युवकको शव खादै घिसादै अघि बढिरहेको अवस्थामा स्थानीय र प्रहरीको निकै प्रयास पश्चात बाघको चंगुलबाट शवलाई नियन्त्रणमा लिन सकेको जानकारी दिए ।