zoom app down //zoom.us/download zoom download the app city hunter zoom.lk download zoom audio not working on lenovo laptop - zoom audio not working on lenovo laptop

कोभिड महामारीको शिकार भई थप २ जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १८

   २७ बैशाख २०७८, सोमबार १२:२६  

तराई टप संवाददाता
रौतहट, २७ वैशाख । कोभिड १९ को महामारीबाट संक्रमित भएका एक महिला सहित २ जनाको रौतहटमा मृत्यु भएको छ ।
आईतवार राति प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराइरहेको कटहरिया नगरपालिका वडा नम्वर ९ को ४८ बर्षिय पुरुषको मृत्यु भएको छ भने गौर अस्पतालमा अस्थायी कोभिड वार्डमा सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्वर ३ की ५६ बर्षिया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्या रौतहटमा १८ पुगेको । आईतवार सम्म रौतहट जिल्लाको विभिन्न अस्पताल र विरगंज स्थित विभिन्न अस्पताल गरेर १७ जनाको मृत्यु भईसकेको छ भने सर्लाही बलराको एक महिलाको गौर अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै