हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ दवावलाई चुनौती दिन संगठित हुदै अमेरिका, बेलायत र अष्ट्रेलिया

139 Shares

विश्वको सबैभन्दा महाशक्ति देश बन्ने होडमा चीन विरुद्ध अमेरिका, बेलायत र अष्ट्रेलिया संगठित बन्न विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभाव तथा दवावलाई चुनौती दिने उद्देश्यबाट अमेरिका, बेलायत र अष्ट्रेलियाले अमेरिकाको क्यालिफोर्नियामा विशेष सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
यो सम्झौता हिन्द प्रशान्त क्षेत्रमा आणविक हतियारसहितको पनडुब्बी जहाज राख्नका लागि भएको बताइएका छन् । सम्झौता अनुसार अमेरिकाले अष्ट्रेलियालाई तीनवटा आणविक हतियार सहितको पनडुब्बी उपलब्ध गराउने भएको छ । अत्याधुनिक प्रविधि सहितको जहाज निर्माणको जिम्मेवारी बेलायतको रोल्स रोयसलाई दिने सहमति पनि तीन मुलुकले गरेका छन् । यो सम्झौताको मुख्य उद्देश्य हिन्द प्रशान्त क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभावलाई चुनौती दिनु हो ।


सम्झौतापछि बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अष्ट्रेलियालाई आणविक हतियारहित मुलुक घोषणा गरेपनि यस सम्झौताले त्यस घोषणाको कुनै उल्लंघन नहुने दाबी गरे । ‘अष्ट्रेलियाले आफूलाई आणविक हतियार रहित मुलुक भनेको छ । तर यो सम्झौताले उसको घोषणामा कुनै असर पुर्याउने छैन,’ सम्बोधनमा बाइडेनले भनेका छन् ।
सोमबार सम्झौता भएपछि अष्ट्रेलियाको जल सेनाले जहाज चलाउने तालिम बेलायती र अमेरिकी जल सेनाबाट लिनेछ । यो तालिम समापन भएपछि सन् २०२७ भित्र बेलायत र अमेरिकाले अष्ट्रेलियाको जल सेना सँग सहकार्य गरेर पश्चिम अष्ट्रेलियाको पर्थमा जहाज राख्नेछन् । सन् २०३० सम्म अष्ट्रेलियाले अमेरिकाबाट तीनवटा जहाज खरिद गर्ने सम्झौता भएको छ ।
ति जहाजमा तीनवटै मुलुकका प्रविधिको प्रयोग हुने भए पनि यसको डिजाइन भने अष्ट्रेलिया र बेलायतले भने अनुसारको हुनेछ । नयाँ प्रविधिको जहाजबाट अष्ट्रेलियाका जल सेना हालको भन्दा पनि तेज गतिमा गस्ती गर्नसक्ने बताइएको छ । क्रुज क्षेप्यास्त्रको सहायताबाट जल सेनाले जमिन र समुद्री इलाका दुवैमा आक्रमण गर्न सक्ने छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले प्रजातान्त्रिक पद्धति अनुसार शासन गरिरहेका मुलुकहरू बीच आफ्नो सुरक्षाको लागि सहमति भएको बताएका छन् । हामी तीनवटै मुलुक आ–आफ्नो सीमामा बस्न तयार छौँ र हिन्द प्रशान्त क्षेत्रमा कुनै खतरा उत्पन्न हुन नदिन सजग छौँ,’ बाइडेनले भनेका छन् ।
बाइडेनेल यसो भनिरहँदा उनलाई समर्थन गर्दै अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र बेलायती प्रधानमन्त्री ऋषि सुनकले ताली बजाए । ‘प्रजातान्त्रिक राष्ट्रहरू आफ्नो मात्र होइन विश्वकै सुरक्षा र समृद्धिका लागि सहकार्यका लागि तयार छन् भन्ने सन्देश यो सम्झौताले दिएको छ,’ बाइडेनले भनेका छन् ।
सोमबारको सम्झौतापछि अमेरिकाले तीन मुलुकले प्रयोग गर्ने नयाँ जहाज निर्माणका लागि ४ अर्ब ६० करोड अमेरिकी डलर सहयोग गर्ने बताएको छ । त्यस रकम भर्जिनिया पनडुब्बीको मर्मत सम्हारमा समेत खर्च हुनेछ ।
यो सम्झौताले अष्ट्रेलियामा रोजगारका साथै सैन्य रूपमा समेत मुलुकलाई बलियो बनाउने उनले बताए । ‘अष्ट्रेलियाको स्वाधिनता रक्षाका लागि यो महत्वपूर्ण सम्झौता हो । यसको कमाण्ड अष्ट्रेलियालेनै सम्हालने भएपछि थप रोजगारी सृजना हुनेछ । अमेरिकाको रक्षा इतिहासमै यो ठूलो लगानी हो,’ उनले भनेका छन् ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले भू राजनीतिक स्थायित्व माथि चुनौती बढिरहेका बेला भएको यस सम्झौता विशेष रहेको बताए । ‘युक्रेनमा रूसको हमला, चीनले बढाइरहेको दबाब र इरान तथा उत्तर कोरियाका अस्थिर व्यवहारले विश्वमा खतरा र विभाजन पैदा गरिरहेको समयमा हिन्द प्रशान्त क्षेत्रमा सुरक्षा स्थायित्वका लागि यो सम्झौता महत्वपूर्ण छ,’ सुनकले भनेका छन् ।
चीनको विरोध
त्यहाँ सुनकले बेलायतले पनि रक्षा क्षेत्रमा ५ अर्ब पाउन्ड खर्चिने बताएका छन् । यस सम्झौताको चीनले विरोध गरिरहेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ यिङले भनेका छन – ‘शीत युद्धको मानसिकता त्याग्न हामी यी तीन मुलुकलाई आग्रह गर्छौँ । क्षेत्रीय शान्ति विथोल्ने काममा नभएर त्यहाँको स्थायित्वमा ध्यान दिन हामी विशेष आग्रह गर्दछौँ ।’
यस सम्झौता नेटो जस्तो गठबन्धन निर्माणका लागि नभएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । नेताहरूले जे पनि कुनै पनि राजनीतिक उद्देश्य विना यो सम्झौता भने भएको छैन । सन् २०२१ मा अष्ट्रेलियाले फ्रान्ससँग पनडुब्बी जहाज निर्माणका लागि अर्बौ डलरको सम्झौता गरेको थियो । यद्यपि पछि आएर अकसका लागि अष्ट्रेलियाले फ्रान्स सँग सम्झौता तोडेको थियो । यो कारणले पेरिस र क्यानबेरा बीचको सम्बन्ध चिसो छ ।
बेलायत र अमेरिकासँग बलियो गरी मिल्नका लागि अष्ट्रेलियाले यो सम्झौता गरेको प्रस्ट छ । यो सम्झौताले अष्ट्रेलियामा रोजगारी सिर्जना गर्ने भएपनि उसलाई अन्य चुनौती भने थपिनेछ । व्यापारिक साझेदारीका हिसाबले अष्ट्रेलियाका लागि चीन महत्वपूर्ण छ । त्यसैले अब स्वभाविक प्रश्न उब्जिन्छ–भूराजनीतिक प्रतिद्वन्दीसँग अष्ट्रेलियाले एउटा सँग व्यापारिक र अन्यसँग सैन्य सहकार्यलाई कसरी सन्तुलनमा राख्छ ?
आगामी तीन दशकमा अष्ट्रेलियाले यो परियोजनामा ३ सय ३८ अर्ब डलर खर्च गर्ने त्यहाँको सरकारले बताएको छ ।
विविसि बाट

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।