कारोनाबाट थप ४ जनाको मृत्यु, कारोनाबाट मर्नेको संख्या रौतहटमा २० पुग्यो

   २७ बैशाख २०७८, सोमबार १५:२४  

 

तराई टप संवाददाता
रौतहट, २७ वैशाख । एकै दिन कोरोनाबाट २ महिला सहित ४ जनाको रौतहटमा मृत्यु भएको छ भने कोरोनाबाट मर्नेको संख्या २० पुगेका छन् ।
आईतवार राति प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचार गराइरहेको कटहरिया नगरपालिका वडा नम्वर ९ को ४८ बर्षिय पुरुषको मृत्यु भएको छ भने गौर अस्पतालमा अस्थायी कोभिड वार्डमा सर्लाही जिल्ला बलरा नगरपालिका वडा नम्वर ३ की ५६ बर्षिया महिला, गौर नपा ५ ६२ बर्षिय पुरुष व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएका हुन् ।

पाँच दिन भित्रै देवर भाउजुको कोरोनाबाट मृत्यु

यसैगरी तिन दिन अघि कोरोनाबाट संक्रमित भएर अस्थायी कोभिड वार्ड गौरमा उपचार गराइरहेकी गढीमाई नगरपालिका वडा नम्वर ३ पर्सा टोलकी ५३ बर्षिया महिलाको अवस्था विग्रिदै जाँदा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर रेफर गरएका थिए । कोरोना संक्रमित महिलालाई प्रादेशिक अस्पताल जनकपुर तर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको गढीमाई नगरपालिकाको कोभिड फोकल पर्सन धर्मेन्द्र सहनीले बताए ।
फोकल पर्सन सहनीका अनुसार मृतक महिलाको आफनै ५० बर्षिय देवरको गत २२ गते मृत्यु भएको र श्रीमान कोरोना पोजेटिभ रहेको छ । पाँच दिन भित्रै कोरोनाबाट एकै परिवारको दुई जनाको ज्यान गएको उनले बताए ।
रौतहटमा कोरोनाबाट संक्रमित भई मृत्यु हुनेको संख्या रौतहटमा २० पुगेको छ । आईतवार सम्म रौतहट जिल्लाको विभिन्न अस्पताल र विरगंज स्थित विभिन्न अस्पताल गरेर १७ जनाको मृत्यु भइसकेका थिए । तर रौतहटको एक महिला सहित तिन जना र सर्लाहीको एक जना महिलाको कोरोनाबाट मृत्यु भएको रौतहट प्रहरीको प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै