81
Shares
लालबन्दी, ३० फागुन । ह्उिदे वर्षा नहुँदा सर्लाही सहित तराई क्षेत्रको किसानहरु मर्कामा परेका छन् ।
तराई भेगमा गएको भदौदेखि वर्षा हुन सकेको छैन् । अकाशे पानी कुरेर खेती गर्ने क्षेत्रका किसानको खेतबारी बाँझै राख्न बाध्य भएका हुन् ।
पानी नपर्दा खेतबारी जोत्न समेत नपाएको लालबन्दी नगरपालिका वडा नं.१४, नारायण खोलाका किसान पद्मबहादुर दोङले दुखेसो पोखे ।
सिँचाईको सुविधा नरहेको सुक्खा क्षेत्रका किसान खडेरीको चपेटामा परेका छन् । वर्षा भए यहाँका किसान खेतबारी खनजोत गरेर मकै रोप्ने तयारीमा छन् ।
लालबन्दी, ईश्वरपुर, हरिवन, बागमती तथा पूर्वी भेगका चन्द्रनगर, हरिपूर्वा, ब्रह्मपुरी, पर्सालगायत क्षेत्रमा आकाशे वर्षाको भरमा खेती हुने गरेको छ । नहर तथा कुलोको पानी लाग्ने क्षेत्रमा समेत महिनौँदेखि वर्षा नहुँदा पानी घटेको स्थानीय किसानले बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन