अनुमति नलिइ अस्पताल तथा क्लिनिकहरूको संख्या सञ्चालनको क्रम बढदै

रौतहट, ३० फागुन । रौतहटमा अनुमति नलिइ अस्पताल तथा क्लिनिकहरूको संख्या सञ्चालनको क्रम बढदै गएको छ ।
मौलापुर, गरुडा, शिवनगरलगायतका ठाउँमा दर्जनौको संख्यामा स्थानीय तहबाट अनुमति नलिई गैरकानुनी तरिकाले अस्पताल तथा क्लिनिकहरू सञ्चालन हुँदै आएको हो ।
स्थानीय तहकै सेटिङमा अनुमति बिनाका मापदण्ड विपरीत अवैध अस्पताल तथा क्लिनिकहरू सञ्चालन भएको छ । २५ बेड सम्मको अस्पताल तथा क्लिनिक सञ्चालन गर्न स्थानीय सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ ।
रौतहटमा अधिकांश २५ बेड सम्मको अस्पताल तथा क्लिनिकहरु स्थानीय तहबाट अनुमति नलिई कानून विपरीत सञ्चालनमा रहेको पाइएको छ ।
हस्पिटलको लापरबाहीका कारण अस्पतालमा उपचार गराउन आएका मौलापुर नगरपालिका वडा नं. ६ पथरा बुधरामका नरेश महतो र बाराको आदर्श कोत्वाल गाउँपालिका वडा नं.४ का ४० वर्षीय भगल पटेलको अकालमै ज्यान गएको पिडित परिवारले जनाएको छ ।
पैसा कमाउने प्रलोभनमा सो अस्पतालले बिरामीको जिवनसंग नै खेलवाड गर्ने काम गरिरहेको भन्दै स्थानीयहरुले अस्पताल सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायसंग जोडदार माग गरेका छन् ।