वर्षा र आशिष बीच छोडपत्र

   ३० फाल्गुन २०७९, मंगलवार १५:५६  

काठमाडौं, ३० फगुन । अभिनेत्री वर्षा सिवाकोटी र आशिष गेलालबीचको वैवाहिक सम्बन्ध अघि बढन नसकि कानुनी रुपमा टुंगिएको छ ।
अभिनेत्री सिवाकोटीले दुई महिनाअघि कानुनी रुपमै आफूहरु अलग भएको बताइन् । गत वैशाख ९ गते काठमाडौंको एक रिसोर्टमा धुमधामले विवाह गरेका वर्षा र आशिषको सम्बन्ध ९ महिनामै टुंगिएको हो ।
नेपाल फर्किएलगत्तै सामाजिक सञ्जालमा एक अर्कालाई अनफलो गरेपछि यी दुई बीचको सम्बन्धमा दरार आएको अनुमान गरिएको थियो ।
छिटो विवाह गर्दा एकले अर्कोलाई बुझ्न नसकेको र असमझदारी भएको वर्षाले बताइन् । परिवारको तर्फबाट मागेर छिटो विवाह गरियो । एकअर्कालाई बुझ्न सकिएन ।
आशिषले सोमबार झापाकी समीक्षा विमली नामकी एक युवतीसँग विवाह गरेका छन् । उनको तस्वीर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै