zoom us join meeting free download zoom meeting attendees zoom free download app download the zoom app for windows zoom update app zoom app pc download room zoom race for impact pc download

सर्लाहीमा सिलौटा प्रहार गरेर श्रीमतीको हत्या

   २७ बैशाख २०७८, सोमबार १५:४३  

तराई टप संवाददाता
सर्लाही, २७ बैशाख । सर्लाहीको हरिवन नगरपालिका वडा नम्वर ११ का एक युवकले मसला पिस्ने सिलौटा प्रहार गरेर श्रीमतीको हत्या गरेको छ ।
घरयासी विवादमा ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय श्रीमती उषादेवी कर्णको टाउकोमा आईतवार साँझ सिलौटाले प्रहार गरेका थिए । सिलौटा प्रहारबाट उषाको घटनास्थलमै साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ । श्रीमान विजयलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको कुँवरले बताए । लालबन्दी नगरपालिका–२ नवलपुर, पुनर्वास स्थायी घर घएका उनीहरु हरिवन–११ मा भाडाको घरमा बस्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै