लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक

   ३० फाल्गुन २०७९, मंगलवार १५:५७  

काठमाडौं, ३० फगुन । भारतीय रेटिङ ओरम्याक्सले प्रत्येक महिना लोकप्रिय पुरुष र महिला स्टारको सूची सार्वजनिक गर्छ ।
महिला कलाकार तर्फ दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र कियारा आडवाणी तेस्रो स्थानमा छिन् ।
पठान रिलिजको कारण पछिल्लो महिना शाहरुख चर्चाको शिखरमा रहे । सो महिनामा उनले बादशाहको मान्यतालाई यथावत् राख्न सके ।
सलमान खान दोस्रो लोकप्रिय अभिनेता बनेका छन् । उनी आफ्नो आगामी फिल्म ‘किसी का भाइ किसी की जान’ को पोस्ट–प्रोडक्सनमा व्यस्त छन् ।
आफ्नो फिल्म ‘तु झुठी मैं मक्कर’ को लागि चर्चामा रहेका रणवीर कपुर पनि सूचीमा पाँचौं स्थानमा परेका छन् । उनको फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै