इरान, ३० फगुन । इरान र बेलारुस बीच पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी ७ वटा सम्झौता भएका छन् ।
दुवै देशले एक आपसी सहयोग सम्बन्धी मार्गचित्र मस्यौदा गरी व्यापार, कृषि, संस्कृतिलगायत ७ वटा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
इरानी राष्ट्रपति इब्राहिम रायसी उनका बेलारुसी समकक्षी अलेक्ज्याण्डर लुकासेन्को द्वारा आयोजित कार्यक्रममा पारस्परिक सहयोगको मार्गचित्रमा हस्ताक्षर गरेको इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा उल्लेख छ ।
दुवै देशका राष्ट्रपतिको उपस्थितिमा प्रत्यर्पण सम्झौता लगायत आपसी सहयोगसम्बन्धी सम्झौतामा इरानी र बेलारुसी अधिकारीले हस्ताक्षर गरेका जनाइएको छ ।
इरान र बेलारुस एकपक्षीयताको विरुद्धमा रहेका, स्वतन्त्र देशहरूबीचको प्रभावकारी एवम् रचनात्मक सम्बन्धबाट प्रतिबन्धलाई परास्त गर्न सकिने विचार व्यक्त गर्दै इरानी राष्ट्रपतिले सहकार्य र साझेदारीमा जोड दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन